सुनसरीमा पानी र हावाहुरीले बालीमा क्षति

इनरुवा,। सुनसरीको विभिन्न स्थानमा आईबार रातिको असिना पानी र हावाहुरीले गहुँ र मकैं सहितको बालीमा क्षति भएको छ ।

स्थानीय किसान रामकृष्ण मेहताका अनुसार भोक्राहा नरसिंह गाउँपालिका वडा-२ स्थितमा किसानले खेतमा लगाइएको गहुँ र मकै सहितको अन्नबाली क्षति भएको हो ।

लामो समयपछि असिना सहित पानी र हावाहुरीले लहरे बालीमा समेत क्षति भएको कोशी गाउँपालिका २ का रामसुरुज यादवले जानकारी दिनुभयो । यादवले दिनुभएको जानकारी अनुसार गहुँ र मकैमा धेरै क्षति भएको हो ।

यसैबीच इनरुवाका किसानले भने वर्षाले बालीमा फाईदा गरेको प्रतिक्रिया दिएका छन । कोशी, भोक्राहा नर्सिङ र गढीका किसानले लगाएको बालीमा व्यापक क्षति पुर्याएको गुनासो गरेका छन् । कृषि प्राविधिक भुवनेश्वर यादवले केही बालीमा क्षति भए पनि धेरैलाई राहत भएको बताउनुभयो ।

Related Posts