सुनसरीसहित देशभर भूकम्पको धक्का महसुस

सुनसरी,। सुनसरीसहित देशभरका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किए । हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

Related Posts