भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा ईदका दिन भएको भिषण आगलागीबाट ११ घर परिवारको २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि पारस अस्पताल बिराटनगरले अग्नि पीडितलाई निःशुल्क उपचारसँगै खाद्यान सामाग्री हस्तान्तरण गरेको छ ।
हरिनगरका अग्नि पिडित सबै घर परिवारलाई दैनिक चाहिने खाद्यान्न सामग्री प्रत्येक घर परिवारलाई आज घटना स्थलमै पुगेर राहत तथा निःशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको हो।
पीडित परिवारलाई हौसला प्रदान गर्दै पारस अस्पताल बिराटनगरका संचालक डा. सफिउर रहमानले सबै पीडित परिवारहरुलाई दुई महिना भित्र जति बिरामी भएमा निःशुल्क उपचार गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो छ ।