इनरुवा,। सुनसरीको धरानबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं-९ बगैंचा लाइन बस्ने शारदा राईको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भएर सोही ठाउँमा बस्दै आएका ३० वर्षीय विजय साह, धरान ९ कै २७ वर्षीय निरन्जन यादव, धरान १० का २५ वर्षीय विशेष राई र धरान १७ का २६ वर्षीय निश्चल राई रहेका छन् ।
उनीहरूलाई विभिन्न किसिमका एक हजार ६ सय ट्याब्लेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरानले आवश्यक अनुसन्धान गरिरहेको छ ।