दश लाख भन्दा बढीको अबैध कपडासहित गाडी नियन्त्रणमा

बारा,। बाराको जितपुर–सिमरा उपमहानगरपालिका-२३ स्थित भलुवाही गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित आइतबार एक गाडी नियन्त्रणमा लिएको छ ।

बा. प्र. ०१-०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा बिरगंज महानगरपालिका-१६ भुटनदेबि मन्दिर नजिकबाट लोड गरी जितपुर-सिमरातर्फ लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले भन्सार छलीको कपडा र गाडी नियन्त्रणमा लिएको हो ।

गाडिलाइ पिछागर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र गाडी आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

बरामद गाडीको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजार सहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

Related Posts