कोशी प्रदेशका हज यात्रीहरूलाई काँग्रेसका युवा नेता हुसेनद्वारा शुभकामना व्यक्त

इनरुवा,। पवित्र हज यात्राका लागि साउदी अरेबियातर्फ प्रस्थान गर्न लाग्नुभएका कोशी प्रदेशका सम्पूर्ण हज यात्रीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
पञ्च काश्मिरी टाकिया मस्जिद, बागबजार, काठमाडौंमा, कोशी प्रदेशका श्रद्धेय हज यात्रुहरूको सम्मानमा चार दिनसम्म निःशुल्क भोजन सेवा सञ्चालन गर्ने अवसर पाएकोमा हामी अत्यन्त गौरवान्वित छौं।

यस पवित्र अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न प्रेरणा, सहयोग र समर्थन प्रदान गर्नु भएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं।

समस्त हज यात्रीहरूलाई सफल, सुरक्षित र पुण्यमय हज यात्राको हार्दिक शुभकामना व्यक्त गर्दै, तपाईंहरूको यात्रामा निरन्तर बरकत, सहजता र सफलता रहोस् भन्ने कामना गर्दछौं।

नोट:- कोशी प्रदेशका हज यात्रीहरुलाइ जेठ १ गते नै काठमाडौं आइपुग्न अनुरोध गर्दछौं ।

Related Posts