इनरुवा,। सुनसरीमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित एक पुरुषलाई नियन्त्रणमा लिइएको छ ।
जिल्लाको कोशी गाउँपालिका-१, भन्सार रोडस्थित सडकखण्डमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित इनरुवा नगरपालिका-८, कन्समडानका ३५ वर्षीय जाबिर हुसेन मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारततर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प १५४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।
चेकजाँच गर्दा फिदा हुसेन नाम लेखिएको नेपाल प्रहरीको परिचयपत्र एक थान, मोहम्मद सहमद मियाँ नाम लेखिएको मतदाता परिचयपत्र एक थान र सुरक्षा निकायले प्रयोग गर्ने ह्यान्डसेट एक थान फेला पारेर बरामद गरेको हो ।
पक्राउ परेका मियाँमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।