सेउती पुल नजिक भएको हत्या घटनामा संलग्न रहेका थप १ जना पक्राउ

इनरुवा,। इटहरी-धरान सडकखण्डस्थित सेउती पुल नजिक गत साउन ५ गते गोली प्रहार गरी हत्या घटनामा संलग्न थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । घटनामा संलग्नमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान ४ का २७ वर्षीय युनेश राई रहेका छन् । राईलाई शनिबार धरानबाट पक्राउ गरेको हो । राईले गिरोहका सदस्यले प्रयोग गर्ने पेस्तोलको गोली राखिदिने गरेको प्रहरीले जनाएको छ । प्रहरीले राईको साथबाट ८ थान गोली पनि बरामद गरेको छ ।

रोहितको हत्या प्रकरणमा पक्राउ पर्ने प्रतिवादीको संख्या यससँगै ६ जना पुगेको छ । शुक्रबार रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीनजना पक्राउ परेका थिए । यसअघि गिरोहका मुख्य नाइकेसहित दुई जना पक्राउ परिसकेका छन् ।

यसअघि धरान ८ घर भई हाल इटहरी ४ मा कोठाभाडामा बस्दै आएका २९ वर्षीय सुजन तामाङ, झापाको भद्रपुर नगरपालिका १ घर भई धरान ८ बस्ने ३० वर्षीय प्रकाश लिम्बू, विराटनगर महानगरपालिका १५ का ४१ वर्षीय अजय कुमार शर्मा, मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भनिने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरिएको छ ।

साउन ५ गते बेलुका ५ः३० बजेतिर इटहरी–धरान सडकखण्डस्थित सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेर हत्या गरेका थिए ।

तलका Link open गरि यस घटनासँग सम्बन्धित सम्पूर्ण समाचार हेर्नुस् ।

इटहरी-धरान सडक खण्डको सेउती पुलमा गोली हानी हत्या प्रकरणमा: थप तीन जना पक्राउ

सेउती पुल नजिकै गोली हानी हत्या गर्ने घटनामा संलग्न तीन मध्ये २ जना पक्राउ

धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी लुटपाट,गोली लागेका घाइतेको अवस्था चिन्ताजनक

Discussion about this post

Related Posts