काठमाडौं, नेपाली फिल्म बजारमा राम्रो सम्भावना देखाएका कलाकर्मी पनि बक्स अफिसमा असफल छन्। अझ, बक्स अफिसमा फिल्म त असफल छन् नै उनीहरूको बजार माग पनि घट्दो छ। तर, फिल्म छोडेर म्युजिक भिडियोको कुरा गर्ने हो भने सबै कलाकर्मी त्यतैतिर मोहित छन्, आकर्षित छन्। कारण हो छोटो समय अनि धेरै पारिश्रमिक।
फिल्म गर्ने हो भने, लामो समय प्रतीक्षा गर्नु पर्ने हुन्छ। तर, म्युजिक भिडियोमा काम गर्दा उनीहरूलाई धेरै सहज छ। एक दिनको छायाङ्कन तालिका अनि, गोजी भरि पारिश्रमिक। म्युजिक भिडियोको छायाँङ्कन सकिना साथ उनीहरू झोला भिरेर घर फिर्किए हुन्छ। त्यहाँ न डबिङको झन्झट न प्रदर्शन मिति कुर्नुपर्ने बाध्यता। २४ घण्टा नबित्दै पारिश्रमिक तयार हुने।
विशेष गरेर फिल्म बजारमा राम्रो स्टारडम बनाएका कलाकर्मी नै म्युजिक भिडियोमा आकर्षित छन्, व्यस्त छन्।
महानायक राजेश हमाल देखि, करिष्मा मानन्धर, पुष्प खड्का, पल शाह, आँचल शर्मा, आकाश श्रेष्ठ, पूजा शर्मा लगायत सबै स्टारडम बोकेका कलाकार म्युजिक भिडियोमा व्यस्त छन्। उनीहरूको यो प्रवृत्तिले ओह्रालो लाग्दो नेपाली फिल्म बजारलाई अझ तल झार्ने निश्चित छ। किनकी, स्टारडम बोकेका कलाकार नै म्युजिक भिडियोमा दिन प्रतिदिन देखिन थालेपछी फिल्म के का लागि हेर्नेरु
यिनै कलाकार मध्यका एक हुन नाजिर हुसेन। रङ्गमञ्च हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका नाजिर हालै आएर म्युजिक भिडियो व्यस्त छन्। फिल्म ‘पुन्टे परेड’बाट ठूलो पर्दामा डेव्यु गरेका नाजिर ‘होस्टेल रिट्रन्र्स’बाट सबैका प्रिय पात्र बने।
उनको टाइपकास्ट यति चल्यो कि, नाजिरलाई टाइपकास्टका रूपमा फिल्ममा राख्न निर्माता निर्देशकको लाइन लाग्यो।
तर, समयक्रम अनुसार नाजिर आफै टाइपकास्ट बाट अघाएछन्। ‘के अब मैले टाइपकास्टमा मात्र अभिनय गर्नेरु म टाइपकास्ट त्यसमा पनि मधेशको पात्रमात्र नभएर थप नयाँ पनि पनि मेरो कलाकारितामा देखाउन चाहान्छु,’ केही समय अघि पंक्तिकारसँगको भेटमा भनेका थिए।
उनको यही आशयबाट बुझ्न सकिन्थ्यो कि, उनी टाइपकास्टबाट माथि उठ्न चाहन्छन्। नाजिर स्वयंले भनेझैँ उनले केही फिल्ममा मूख्य अभिनेताको रुपमा काम गरे। ‘गाँठो’, ‘राज्जा रानी’ र ‘कागज पत्र’ नाजिरले मुख्य अभिनेताका रुपमा काम गरेका फिल्म हुन्।
नाजिरको रहरले भर गरेन। फिल्मको व्यापार उत्साहजनक भएन। नाजिर अभिनित पछिल्लो फिल्म ‘विर विक्रम–२’ जहाँ उनले अभिनेता पल शाहसँग सहकार्य गरेका थिए। तर, नाजिरको त्यहाँ पनि लक लागने। अभिनयमा राम्रो दख्खल राखेपनि त्यसयता नाजिर कुनै पनि फिल्ममा अनुवन्धित छैनन्। उनको उपस्थिति छ त केवल म्युजिक भिडियोमा। फिल्ममा असफलता भोगेपनि उनका म्युजिक भिडियोले भने दर्शकको मन जिति रहेका छन्। युट्युब ट्रेन्डिङमा नाजिर झुल्कि रहन्छन्।
नाजिर अभिनित ‘माया बिरानी’ र ‘यो कुरा गोप्य’लगायत केही म्युजिक भिडियोले युट्युबमा करोडबढी दर्शक कमाईसकेका छन्। पछिल्लो समय सार्वजनिक ‘यो कुरा गोप्य’, ‘चौबन्दीमा सजिएकी’‘कैले भेट्ने खै २’ लगायत भिडियो पनि दर्शकको मन जित्न सफल भिडियो हुन्।
आफू अभिनित भिडियो हिट भइरहदा उनी स्वयं त खुसी नै छन्, सँगै म्युजिक भिडियो निर्माताहरू पनि उनैलाई भिडियोमा राख्न चाहन्छन्। जसलेगर्दा नाजिर भन्ने गर्छन,‘चित्त बुझ्दो स्क्रिप्ट र टिम आएमा फिल्ममा काम गर्न तयार छु।’
यति नभनुन् पनि कसरी, फिल्म भन्दा सहज रुपमा काम गर्न पाइरहेकै छन्। भन्ने गर्छन्, ‘म्युजिक भिडियोको पारिश्रमिकले सन्तुष्ट छु’।