दुहबी,। सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार शिवनन्द मण्डल रहेका छन् ।
बुधबार दिउँसो दुहबी ८ फुटानी चोकस्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १ क ८८१७ नम्बरको मिनी ट्रकले सोही दिशाबाट आउँदै गरेको को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज ९बिहीबार० बिहान करीब ४ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल प्रहरी सहायक निरीक्षक ९असई० सनम राजबंशीले चलाएका थिए । एरिया क्लियर गर्दै चलाएको मोटरसाइकललाई ठक्कर दिँदा राजबंशी घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक र चालक विराटनगर बस्ने ३२ वर्षीय सुजन थापा भन्ने खुल्न आएको तर उनी हाल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।