दुहबी,। सुनसरीको दुहबी नगरपालिका ३ स्थित इनरुवा-दुहबी सडकखण्डमा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको टिपरले साइकलयात्री भारत बिहार सिपोल घर भइ दुहबी २ मा डेरा गरी बस्दै आएकी ६० वर्षीया चन्द्रकलादेवी बिश्वकर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटिई टिपर चालक मोरङ बेलबारी ८ का ३२ वर्षीय उमेश सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।