- स्मार्ट २४ न्यूज , ५ पुष २०७६ शनिबार

मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ।उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्था पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको थियो।
उनलाई २५-२५ हजारका दुई मुचुल्कामा जमानत दिइएको हो। यो खबर एजेन्सीलाई उधृत गर्दै आजको अन्नपूर्ण पोस्टले छापेको छ।गिरफ्तार भएपछि उनलाई लुट र हत्यालगायत आपराधिक मामिलामा आरोपित महिला कैदीसँग जेलमा राखिएको थियो।
पायलले नेहरू परिवारका बारेमा एउटा भिडियो जारी गरेकी थिइन्।भिडियोमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि कांग्रेस परिवार ट्रिपल तलाकको विरुद्ध यसकारण थियो किनकि मोतीलाल नेहरूका पाँच पत्नी थिए। साथै मोतीलाल नेहरू जवाहरलाल नेहरूका सौतेनी पिता थिए।’