स्मार्ट २४ न्यूज आइतबार ६ पुष २०७६ मा प्रकाशित
काठमाडौं:- नेपाली फिल्म ’जिउँदो’को ट्रेलर आएको छ । शनिबार नै सार्वजनिक भएको फिल्मको ट्रेलरमा साथी र प्रेम सम्बन्धको विषय समेटिएको छ । फिल्म ’जिउँदो’ को निर्देशन अलमिस्ट सुब्बाले गरेका छन् भने फिल्मको कथा, पटकथा तथा संवाद पनि सुब्बाकाे आफ्नै रहेको छ ।
अलमिस्ट प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा छन् । फिल्मको छायाँकन चंचल थापा र भास्कर थामीको रहेको छ । समिर शर्मा, रजत विश्वास, अभिषेक ’पिकोलो’ राई, सुमित राई र दिवस विश्वासले संगीत भरेका छन् ।
सम्पादन चंचल थापा, स्यानन्त नाग, निर्देशक अलमिस्ट सुब्बाको रहेको छ । फिल्मको गीतमा सिर्जना लिम्बु, पासरमनि राई, अभिषेक गजमेर, सुधिर क्षेत्री र अनामिका मुखियाले स्वर दिएका छन् । फिल्मको प्रर्दशन मिति भने तय भएको छैन् । माघ वा फागुनमा फिल्मको प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले बताएका छन्।
फिल्ममा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।