अकबर अलि
दुहबी,। सुनसरीको दुहबी नगरपालिका-३ स्थित पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा एक मोटरसाईकल चालकको मृत्यु भएको छ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको इटहरी घर रहेको अन्दाजि बर्ष ३८ का अभिसेक भण्डारी रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय दुहबीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार आज दिउसो सवा ४ बजेको समयमा कोशि राजमार्ग सडक खण्ड अन्तरगत बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको ना ८ ख ५६५६ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको बा. ८४ प ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भण्डारी गम्भीर घाइते भएको थियो ।
भण्डारीलाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल लगेको थियो । उपचारको क्रममा भण्डारीको अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दुहबीले जानकारी दिएको हो।