स्मार्ट २४ न्यूज
भुटाहा,। सुनसरीको देवानगंज गाउँपालिकामा बुधबार गरिब , विपन्न परिवारको घर९घरमा पुगेर निस्शुल्क दूध वितरण गरिएको छ ।
दैनिक ज्यला मजदुरी गरि खाने गरिब, विपन्न व्यक्तिहरुले समस्या परेको छन्। सरकारले घोषणा गरेको लकडाउन पछि काम बन्द हुँदा गरिब, विपन्न परिवारहरुलाई खाने समस्या भएको छ।

गरिब तथा विपन्न परिवार समस्या हुँदा मध्यहर्षाही स्थित संचालनमा रहेको बाघेश्वरी दूध डेरीले समाजका असाहय, गरिवलाई बढी केन्द्रित गरेर दूध वितरण गरिएको संचालक मेहताले बताए ।
उनका अनुसार १५ सय लिटर दुध वितसण गरिएको हो । उक्त डेरी बिगत ५ बर्षदेखि संचालनमा रहेको छ ।
उक्त डेरीले उपादन गरेको दुध, दहि, पनिर, ध्यु, आसपासका बजारहरु समेत विराटनगर, चिमडी, हरिनगरा लागयतका बजारसम्म बिक्री बितरण हुँदै आएको छ ।