प्रेम देवान
विराटनगर, । विराटनगर महानगरपालिका वडा नं.८ बलुवाइ बस्ने २८ वर्षीय प्रेमदेवी साहलाई बिराटनगरको सिघिया खोला घाटमा जलाउन लगिएको शव विराटनगर प्रहरीले नियन्त्रणमा लिइएको छ ।
साहको मृत्यु शंकास्पद देखिएपछि माईती पक्षले प्रहरीमा खबर गरेपछि यतिबेला साहका ससुराली पक्षले जलाउन लागेको अवस्थामा प्रहरी पुगेर सिंघीया खोलको घाटबाट साहको शव बिहीबार नियन्त्रणमा लिएको हो । माईती पक्षले जलाउन दिएका थिएनन् ।
घाँटीमा शंकास्पद डाम देखिएपछि साहको शव नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । साहको परिवार र छिमेकीले जलाउनका लागि घाटमा पु¥याएर चिता समेत बनाइसकेपछि घटना शंकास्पद रहेको जानकारी आएपछि पोष्टमार्टमको लागी नियन्त्रणमा लिएको एसपी अधिकारीले बताउनुभयो ।

मृत्युका ससुरालीबाट बिहान साढे ५ बजे उनका माइती पक्षलाई फोन गरेर बहिनीको मृत्युु भएको खबर दिएको थियो । मृतकका दाजु राजु साहले आएर बहिनीको घाँटीमा हेर्दा आलो डाम देखिएपछि घटना शंकास्पद लागेपछि प्रहरीलाई खवर गरेको बताए ।
उनकाअनुसार बहिनी केही समयदेखि बिरामी थिइन् । ‘मानसिक बिरामी भएका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं।४ माइतीमा लगेर उपचार गराएर घर पठाइएको थियो,’ राजुले भने, ‘एक्कासि मृत्यु भयो भन्ने खवर आयो ।’

शव नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय हाटखोलाबाट सइ मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर रामबहादुर ढकाल नेत्रृत्वको दुई टोली घाटमा पुगेको थियो ।
एसपी अधिकारीले घटनास्थल मुचुल्का तयार पारेर शव नियन्त्रणमा लिएपछि पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल ल्याइएको बताए ।‘घटना अलि शंकास्पद देखिएपछि शवलाई नियन्त्रणमा लिइएको हो,’ उहाँले भने, ‘सबै कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ ।
प्रहरीले प्रेमदेवीका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ । गोविन्दसँग उनको १२ वर्ष अघि मागी विवाह भएको हो । उनीहरुका १२ र ८ वर्षका दुई छोरा छन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

मृतकी दिदि स्याम कुमारी साहले भनिन् सलले घाँटी कसेको भए पनि त्यतिबेला कुनै डाम नभएको बताएका छन् । प्रहरीले पनि उक्त डाम पुरानो नभइकन नयाँ नै भएको बताएको छ ।