स्मार्ट २४ न्यूज
मोरङ, प्रदेश १ को मिक्लाजुङ गाउपालिका स्थित रमितेमा भर्खरै बम बिष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्कावेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् ।
विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन । यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे आशंका गरिएको छ ।
विष्फोट बाट भएको क्षतिको विस्तृत विवरण आइ सकेको छैन । मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले भरखरै घटनाबारे जानकारी लिएको बुझिएको छ ।
स्थानीयले घटनाका बारेमा सुचना दिए पनि केही बताउन चाहेका छैनन । उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन् ।
१ नम्बर प्रदेस सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्नका लागी सडक चौडा गर्दै सुके आहाल को साकेला मेला लाग्ने ठाउँ मा पुगेको ३ थान स्क्याभेटर आगो लगाएर र बम हानेर ध्वस्त बनाइएको छ ।