स्मार्ट २४ न्यूज
धनुषा,। धनुषाको औरही गाउँपालिका वडा नं। २ मा मोवाइलमा लागने मेमोरी काडको विषयलाई लिएर भाउजु र नन्दसँग भएको झगडामा भाउजुको घाँटी थिची हत्या गरिएको छ।
औरही गाउँपालिका वडा नं। २ बस्ने २२ वर्षीय चिन्तामणि पासवानलाई सासू, ससुरा, नन्द र श्रीमान् चारै जना मिलेर घाँटी थिची हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए।
सोमबार पत्रकार सम्मलेन गर्दै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चिन्तामणिकी ४५ वर्षीय सासू कुमला पासवान, २० वर्षीय पुनिता पासवान, ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान र ३० वर्षीय श्रीमान् अनिल कुमार पासवानलाई सार्वजनिक गरेको छ।
शनिबार अन्दाजी १ बजेको समयमा मोवाइलमा प्रयोग गर्ने मेमोरी काडको लागि झगडा भएको थियो । झगडाको बेला चारैजनाले मिलेर घाँटी थिची हत्या गरेको र पछि गएर घटनालाई लुकाउन मृतक झुण्डिएको हो।
उहाँहरुले गाउँभरि हल्ला समेत फैलाएको थिए। पछि जिउँदैछ भन्दै प्रादेशिक अस्पताल जनकपुधाममा इमर्जेन्सीमा भर्ना गराएरको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।
भर्ना गराएर फरार भएको मध्ये मृतकको सासू र नन्दलाई आइतवार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा–४ स्थित पेठिया बजारबाट त्यस्तै ससुरा र श्रीमान्लाई सोमबार बिहान जनकनन्दनी गाउँपालिका वडा नं। २ बलहा टोलबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए।