स्मार्ट २४ न्यूज
धरान,। सुनसरीको धरानमा प्रणय दिवस ९भ्यालेन्टाइन डे० का दिन धरानका शिवजट्टा जाने बाटोको गैरीगाउँका स्थानीयले भ्यालेन्टाइन डेमा केटा र केटी घुम्न आए भन्ने सोचेका थिए ।
एक जोडीले आत्महत्याको प्रयास गर्न थालेपछि उनीहरु अचम्मित भए । गाउँमा हल्लाखल्ला भयो । केटाले बियरको बोटल फुटाएर घाटिमा रेट्न खोजे । अनि नजिकै सिउरिएर राखिएको फलामको रडले आँफै घोपिन पुगे ।
यसरी आत्महत्याको प्रयास गरिरहेका युवालाई गाउँलेले रोके । युवा बेहोस भए पछि युवती युवाको नजिकै घोप्टिएर रुन थालिन् ।
गैरीगाउँबासीले प्रहरीलाई खबर गरे । प्रहरी नआई घाईतेलाई उद्दार गर्न पनि स्थानीय डराए । प्रहरी आएपछि घाइते युवालाई उपचारका लागि अस्पताल लगियो ।
भ्यालेन्टाइन डेका दिन धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँमा यस्तो घटना घट्यो । घाइते युवाको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आत्महत्या प्रयास गर्ने युवा सहिदभूमी गाउँपालिका ६ छिन्ताङ धनकुटाका रुकमान राई रहेको प्रहरीले जनाएको छ ।