नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका साबिक हरिागरा गाविस वडा नं. ६ मा एक युवकले आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन्।
हाल हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बस्ने माधे मेहताका १८ वर्षीय छोरा रंजित मेहताले आफ्नै कोठामा बाँसको बलोमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय हरिनगराले बताए।
इलाकाका अनुसार कोठाभित्रको बाँसको बलोमा लाईलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
शवको पोष्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा लगिएको छ।