स्मार्ट २४ न्यूज
इनरुवा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्कीकी बालिकालाई अपहरण तथा शरिर बन्धक बनाएको आरोपमा सात जनालाई जनही नौं वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।
बालिकालाई २०७५ पुसमा घरैबाट अपहरण गरि शरिर बन्धक बनाएको आरोपमा सुनसरी जिल्ला अदालतमा २०७५ पुस २० गते मुद्धा दर्ता भएको र सो मुद्धामा विहीबार फैसला गर्दै पीडक भनिएकाहरुलाई जनही नौं वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको हो ।
अदालतले सुनसरीको हरिनगर वडा नम्बर ७ की जसिरा खातुन, हरिनगरा गाउँपालिका वडा नं. ७ का सतार अन्सारी मियाँ, सोही ठाउँका मुकतर अन्सारी, दिलसाद आलम अन्सारी, सरातुन खातुन,अमिना खातुन र हफाज मियाँ जट सहितलाई जनही नौं वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको हो ।
न्यायधिश राधाकृष्ण उप्रेतीले पीडकहरुले अपहरण वा शरीरबन्धकको दुरुत्साहन दिएको वा आदेश दिएको वा उद्योग वा षडयन्त्र गरेको वा मतियार भएको ठहर गर्दै अपहरण गरी शरिर वन्धक वनाएको कसुरमा जनही नाैं वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको अदालतले जनाएको छ ।
मुद्दामा ११ पटक पेशी चढेको र अभियोग दावी पुग्ने फैसला सुनाएको श्रेसेतेदार नरेन्द्रकेसरी पोखरेलले जानकारी दिनुभयो ।