स्मार्ट २४ न्यूज
इनरुवा,। सुनसरीको डुम्राहामा सियाराम उराँवले सुतिरहेको अवस्थामा आफ्नै श्रीमती सहित दुई छोरी माथि पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेका हुन् ।
सुनसरी प्रहरीका अनुसार सियारामले सुतेको अवस्थामा श्रीमती र दई छोरीहरुको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।आगोले जलेर श्रीमती कमलकुमारी सहित ७ वर्षकी छोरी प्रतिक्षा र ४ वर्षियी छोरी प्रतिज्ञा घाइते भएका छन् ।
आगो लगाएपछि घरमा हल्ला हुँदा गाउँलेहरु पुगेपछि घाइतेहरुको उद्दार गरी जिल्ला अस्पताल इनरुवा पु¥याएका थिए ।
प्रहरीका अनुसार थप उपचारकालागि उनीहरुलाई कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको छ । आगोमा आमाछोरीको शरीरका विभिन्न भाग जलेको सुनसरी प्रहरीले जनाएको छ ।
गाउँलेका अनुसार अघिल्लो दिन परिवारमा घरायसी झैझगडा भएको थियो । घटना बिहीबार रातीको भएको बताइएपनि लक डाउनका कारण घटना ढिलो सार्वजनिक भएको हो ।
माइती पक्षको उजुरी पश्चात मात्रै हत्या प्रयासको घटना सार्वजनिक भएको हो । आगो लगाई फरार रहेका सियारामको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।
इनरुवा ८ का वडाध्यक्ष रविन्द्र मण्डलका अनुसार छोरीहरुको अवस्था सामान्य रहेपनि आमाको अवस्था भने गम्भिर रहेको छ ।
वडा र वडावासीले रकम संकलन गरी उपचार खर्चमा सहयोग गर्दै आएको मण्डलले बताए ।
मण्डलका अनुसार घटनाको दिन सियाराम सँगै रहेका अर्का व्यक्तिलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिई छाडेको छ ।
सुनसरी प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै हत्या प्रयासमा संलग्न व्यक्तिको खोजी भैरहेको जनाएको छ ।
