अकवर अलि
दुहबी,। सुनसरीको दुहबी ९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उधोग संचालन गरेको बिषयमा स्थानीय दुइ समुहबिच बादविवादले उग्ररुप लिए पछी आज बिहान ८ बजे झडप हुँदा १३ जना घाइते भएका छन ।
घाइते ताबिज मियाँका अनुसार लकडाउनकै बेला जयबाबा इँटा उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेको सुचना प्रहरी र संचारकर्मीहरुलाइ दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफुहरु माथि आक्रमण गरेको आरोप लगाएका छन ।
उहाँका अनुसार आफुहरु घरमा बसिरहेका बेला दुहबी ९ का वडाध्यक्ष हुसेनले तिमिहरुसँग काम छ भन्दै बोलाएपछि आफुहरु वडाध्यक्ष मेंहदी हुसैनसँग कुरा गर्न बाहिरी तिमिहरुले किन इँटा उद्योग संचालन गरेको सूचना दिइस भन्दै वडाध्यक्ष हुसैन स्वंमले कुटपिट गरेको र हुसेनकै निर्देशनमा युवाहरु परिचालन गरि आफुहरुमाथि अचानक आक्रमण गरेको उनको आरोप छ ।
ताबिज मियाँले देश लकडाउन भएको बेला पनि इँटा उद्योग संचालन हुँदा दुहबी प्रहरीलाई पटक–पटक खबर गर्दा पनि उद्योग बन्द नगराएपछि यस्तो घटना भएको उनको दाबी छ ।
स्थानिय ताबिज मिया र सौकत अलीले १ हप्ता अगाडी ५ सयको संख्यामा इँटा उद्योगमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेको र सो मजदुरहरु मध्ये केही मजदुरहरु केहि हप्ता अगाडि मात्र भारतबाट आएको बताएका थिए ।
केहि दिन अगाडि देश लकडाउन हुँदा पनि भारतीय मजदुहरु गाउँ घुम्ने गरेपछि स्थानीय त्रसित भन्ने समाचार बिभिन संचार माध्यममा आएको थियो । अहिले सम्म सो इँटा उद्योग संचालनमा रहेको छ ।
दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् । इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ ।
दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए । दुबै पक्षका १२ जना घाइतेहरुको अहिले दुहबी स्थित सुनसरी सामुदायिक अस्पताल र जिबन ज्योति पोलि क्लिनिकमा उपचार भैरहेको छ ।
घटनाको विषयमा दुहबी ९ का वडाअध्यक्ष मेहदि हुसैनले आफुले कसैलाइ हातपात नगरेको र कोही कसैलाइ निर्देशन समेत नदिएको बताउँदै राहतको विषयलाई लिएर स्थानीयहरु बिच झडप भएको आफुले जानकारी पाउनसाथ प्रहरीलाइ जानकारी गराएको घटना स्थलमा पुगदा दुबै पक्षबिच झडप भैरहेकोले प्रहरी र आफू मिलेर घटना साम्य बनाएको प्रतिक्रिया दिएका छन।
दुहबी ९ छाताबेली मदरसाका प्रमुख मोलिमका अनुसार राहतको बिषयमा कुनै झडप नभएको बताउनु भयो । वहाँले भन्नू भयो राहत त झडप भएको २ घन्टा पछि वितरण गरिएको हो ।

