स्मार्ट २४ न्यूज
काठमाडौं,। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्कीलाई बाटोमा रोकेर अभद्र व्यवहार गर्दै केरकार गर्ने उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीलाई पक्राउ गरिएको र उनीविरुद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
हेटौडाबाट काठमाडौं आउदै गर्दा नागढुंगामा आफुलाई सामाजिक अभियन्ता भन्ने उत्तम कार्की सहितका युवाले निर्देशक नारायण कार्कीलाई कडा शव्दमा हप्कीदप्की गरेका थिए ।
त्यो दृश्यलाई स्वमं उत्तम कार्कीले नै फेसबुकबाट लाईभ गरेका थिए । तत्पश्चात स्वास्थ्यकर्मी माथी भएको दुर्व्यवहारको सर्बत्र विरोध भएको थियो ।