Thursday, March 4, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

विराटनगरका औषधि व्यवसायी हत्यामा श्रीमतीको संलग्नता

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१० महिना अगाडि
अपराध
विराटनगरका औषधि व्यवसायी हत्यामा श्रीमतीको संलग्नता
48
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज

मोरङ,। सुनसरीको खनार घर भएका विराटनगरमा औषधि व्यवसायी गर्दै आइरहेका देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको छ ।

घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । यो विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का युवक ब्रम्हदेव साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देवी पाथीभरा फर्मामा काम गर्ने पुर्व स्टाफ हुन् ।

विराटनगर–१० मधुमारा बस्दै आएका सुनसरीका खनारका ३३ वर्षीय दुलाल अचेत भएको भन्दै शनिबार राति करिब ३ बजे श्रीमतीले कोशी अस्पताल ल्याएकी थिइन् । अस्पतालले राति नै मृत्यु भएको बताएको थियो ।

प्रहरी स्रोतका अनुसार साह र आफ्नी श्रीमतीको अबैध सम्बन्धका बारेमा दुलालले केही दिनअघि थाहा पाएका थिए । त्यसपछि उनीहरुबीच विवाद बढेको थियो । श्रीमानसँग विवाद बढेपछि महिलाकै योजनामा घटना भएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले श्रीमतीसहित अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । पक्राउ परेका व्यक्ति लहान घर भई हाल विराटनगर बस्दै आएका छन् ।

शनिबार राति दुलालको घरमा औषधि ववसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए । साथीहरु निस्किएपछि दुलाल छुट्टै ओछ्यानमा सुतेका थिए । श्रीमती मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए ।

सुतेको बेला दुलालको हत्या भएको प्रहरीको निश्कर्ष छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी दुलालको घरनजिकै झाडीमा भेटेको थियो ।

उनको घाँटीमा डोरीले बेरेको निलडाम र निधारमा ठूलो चोट छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमा ठोक्किएर लागेको प्रहरीको भनाइ छ ।

मीनाले बताएअनुसार राति २ः४१ बजे उठेर हेर्दा दुलाल अचेत अवस्थामा थिए । श्रीमान अचेत भेटिएपछि मीनाले छिमेकी र दुलालका साथीलाई खबर गरेपछि राति करिब ३ बजे एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याएका थिए ।

करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए । उनले मीना श्रेष्ठसँग प्रेम विवाह गरेका थिए ।

Tags: अपराधहत्या
ADVERTISEMENT
Previous Post

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

Next Post

नेपालमा आज ५३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो

Next Post
नेपालमा आज ५३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो

नेपालमा आज ५३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist