स्मार्ट २४ न्यूज संवाददाता
वीरगन्ज,। प्रदेश नम्बर २ को वीरगन्ज सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट ५६ किलो गाँजा सहित ३ जना पक्राउ परेको छ ।
वीरगन्जको रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ३ बजेतिर एम्बुलेन्सबाट गाँजा बरामद गरेको डीएसपी गौतम थापाले जानकारी दिए ।
पक्राउ परेका एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।
पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताए ।