स्मार्ट २४ न्यूज संवाददाता
दुहबी,। सुनसरीको दुहबी नगरपालिका–८ मा एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका अन्दाजी वर्ष २४ का रमेश माझिलाई दुहबी प्रहरीले पक्राउ गरेको छ ।
पीडितले दिएको उजुरीका आधारमा माझीलाई बुधबार पक्राउ गरेको प्रहरीको भनाइ छ । सो घटना बारे पीडित युवतीसँग बुझदा आफूसँग माझिको एक वर्ष देखि प्रेम सम्बन्ध रहेको युवतीले बताईन ।
पीडित युवतीको भनाई अनुसार एक वर्ष देखि हामी दुई जना बिच प्रेम सम्बन्ध राम्रो चलिआई रहेको भएपनि हाल मेरो गर्भमा ४ महिनाको बच्चा रहदा माझिले तिम्रो गर्भमा मेरो बच्चा नभएको भन्दै विवाह गर्न नमानेपछि आफु अन्यायमा परेको भन्दै न्यायको लागि सबैमा अपिल समेत गरिन ।
घटना बारे गाउँमा पटक-पटक छलफल गर्ने बसे पनि माझीले युवतीको गर्भमा मेरो बच्चा होइन भनेपछि आफुहरु बाध्य भएर प्रहरीमा उजुरी दिनु परेको पीडित युवतीकी सानि आमाले बताईन ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्किसँग बुझदा पीडितले दिएको उजुरीको आधारमा माझिलाई पक्राउ गरेको बताए ।