इनरुवा,। सुनसरीको भण्टाबारी चौकबाट प्रहरीले लागूऔषधसहित मिथुनकुमार यादवलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सीमा प्रहरी चौकी भण्टाबारीको संयुक्त टोलीले यादवलाई फेनारगन ४१ थान, डाइजेल्याब ३९ थान, लुपिजेसिक ४० थान एम्पुल, नाइट्रोसन १०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन १४४ क्याप्सुल बरामद गरेको हो ।
उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।