इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवामा घर भएका मनोज यादवको मोवाइलबाट भारती ठेकेदार बब्लु भगतले कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीलाई फोन गरि ज्यान मार्ने धम्की दिएको छ।
भगतले ज्यान मार्ने धम्की दिएर भागने क्रममा पक्राउ गर्नको लागि कोशी गाउँपालिकाका स्थानीयवासीहरुले विभिन्न ठाउँमा सडक अबरुद्ध गरेपछि भगतलाई भण्टवारीबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब निकट मानिने मनोज यादवको घरमा जम्घट भई पार्टी खादै गरेको अवस्थामा यादवको मोवाइलबाट भारती नागरिक समेत रहेका ठेकेदार बब्लु भगतले कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ।
धम्की दिने भारती नागरिक भगतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।