इनरुवा,। सुनसरीको कोशी गाउँपालिका -८ स्थित भाण्टावारीबाट अबैध हतियारसहित दुई जनालाई प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय मो.मुक्तार मियाँ र २७ बर्षीय सद्दाम मियाँ रहेका छन्। उनीहरुको सथबाट कटुवा पेस्तोल २ थान र त्यसमा प्रयोग हुने ५ राउण्ड गोली हातहतियार ओसार पसारमा प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताए ।
भाण्टावारीमा हातहतियारको बिक्रिबितरण भईरहेको बिशेष सूचना प्राप्त भएपछि जिल्लाबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि हातहतियार तथा खरखजाना अन्तर्गत मुदा दर्ता गरि थप अनुसंधान भइरहेको प्रहरी उपरिक्षक थापाले बताए ।