झापा,। झापाको बुद्धशान्ति गाउँपालिका-३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका स्थानीय ४१ बर्षीय दिनेश कुमाको साथबाट ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार सहित तथा ४३ बर्षीय शेषराज सापकोटाको साथबाट १० ग्राम ब्राउनसुगर
कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की,डिजिटल तराजु-१ थान र मोवायल २ थान सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान् गरिरहेको छ ।