मोरङ,। विराटनगरबाट मान्छेलाई अपहरण गरि बन्धक बनाएर फिरौती रकम माग्ने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नंं. १६ दरैयाका २० वर्षय रोहित पण्डित,२१ बर्षिय अजय यादव र वडा नं.६ रामपुर बस्ने २८ बर्षिय सन्ध्या शर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए अनुसार उनीहरुले विराटनगर वडा नं. १८ खोस्का बस्ने अन्दाजी २३ बर्षिय सुभाष कामतको अपहरण गरी बन्धक बनाई १० लाख फिरौती माग गरेका थिए ।
पिडितका भाई विकास कामतले दिएको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको टोलिले शनिबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा सुभाष कामतलाई करिव दुई घण्टामै विराटनगर वडा नं. ६ रामपुरबाट उद्धार गरेको राइले जानकारी दिए ।
साथै अपहरणमा संगलन रहेका उनीहरुलाई पक्राउ पछि शरीर बन्धक कसुरमा थप अनुसन्धान अगाडी बढाइएको राइले बताए्र