लौकहि,। सुनसरीको कोशी गाउँपालिका लौकही एरियाबाट सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल लौकही बिओपिका प्रहरी निरीक्षक अरुण पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले इनरुवा नगरपालिका ९ बस्ने बर्ष ३२ का अमित मेहतालाई लागु औषध सहित पक्राउ गरिएको हो ।
शनिवार दिउसो अनुमानित २ बजेको समयमा बिओपि लौकहीबाट खटिएको टोलिले निज मेहताले चलाउदे गरेको को. ८ प ७६४२ नम्बरको स्कुटर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध स्पस्मो क्याम्सुल १८ पता, डाईलक्स डिसि २० बोतल,नाइट्रौजन ट्याबलेट १० पता १५० क्याप्सुल सहित नियन्त्रणमा लिएको जनाएको छ ।
चिनी भित्र राखि लागुऔषध ल्याइ रहेको अवस्थामा पक्राउ गरिएको मेहतालाई लागुऔषध सहित ईलाका प्रहरी कार्यालय लौकहीको जिम्मा लगाइएको छ ।
जनप्रतिनिधि,नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित मेहतालाई इलाका प्रहरी कार्यालय लौकहीमा सशस्त्र प्रहरीका निरीक्षक पाण्डेले बुझाएको छन् ।