इनरुवा,। सुनसरीको इटहरी २ का केशब कार्कीको हत्यारालाई प्रहरीले एक घण्टा भित्र पक्राउ गरेको छ ।
पुरानो रिसिईबी साध्न कार्कीको हत्या गरि भाग्दै गरेको अवस्थामा छिमेकी जीवनाथ रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
कार्की माथि सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए ।
छिमेकीको हत्या गरि भाग्दै गर्दा रेग्मीलाई एक घण्टा भित्रै पक्राउ गरेका छौ डिएसपी केसीले भने ।
पुरानो रिसिईवी साध्न रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको हो । रेग्मी अहिले मादक पदार्थ खाएर लठ्ठ छन प्रहरीले भन्यो ।