इटहरी,। मोरङको बलियाबाट एक महिलालाई अपहरण शैलीमा गाडीमा हालेर होटलमा लगेर सामुहिक बलात्कार भएको घटना बाहिरएको छ ।
सुन्दरहरैचाकी ३१ वर्षिय एक महिलालाई गत शुक्रबार ३ जना व्यक्तिहरुले अपहरण शैलीमा गाडीमा हालेर होटलमा लगेका थिए ।
शुक्रबार साँझ सुन्दरहरैंचा नगरपालिका गछिया स्थित बहिनीको घर जाँदै गर्दा ती महिलालाई अपहरण शैलीमा सुन्दरहरैचा-४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा लगेर सामूहिक बलत्कारको गरेको खुलसा भएको छ ।
सामूहिक बलत्कारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले सुन्दरहरैचा नगरपालिका-४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाई २५ वर्षीय सुरज श्रेष्ठ पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।
घटनामा संलग्न एक जना फरार रहेका छन् । उनको पनि खोजीकार्य भइरहेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए । होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
झापा घर बताउने रामबहादुर नेपाली फरार छन । सुन्दरहरैंचा-४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक समेत हुन्, अर्जुन श्रेष्ठ। अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ । उनी राम्रोसंग पनि बोल्न सकिरहेका छैनन् ।
पीडितका २ छोरा र २ छोरी छन् । केही दिनदेखि बहनीकोमा उनीहरु बस्दै आएका थिए । बहिनीको घर जान खोज्दा आरोपितले प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु्र्याएको पाइएका थिए ।
विभिन्न ठाउँमा घुमाउँदै ती युवाले साँझ ७ बजेतिर महिलालाई होटलमा पुगाएका थिए । बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेर तीन जनाले नै पालैपालो बलात्कार गरेको खुलेको छ ।
पक्राउ परेका २ जनाको आईतबार कोशी अस्पतालमा मेडिकल गरी अहिले बेलबारी प्रहरीको नियन्त्रणमा राखिएको छ ।