मोरङ,। मोरङमा छोराले दाउरा प्रहार गरे आमाको हत्या गरेका छन् ।
उर्लाबारी नगरपालिका ४ आइतबारेका ३५ वर्षीय गङ्गाप्रसाद भण्डारीले ७० वर्षीया आमा चन्द्रमाया भण्डारीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पारिवारिक विवादका क्रममा आइतबार दिउँसो ४ः३५ बजेतिर गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेका थिए ।
छोराले चिरपट प्रहार गरेपछि गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा राति १०ः२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गङ्गाप्रसादलाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।