उदयपुर,। उदयपुरको बेलका नगरपालिका-८ स्थित सिरुवानीबाट ४ सय किलो लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले गाँजासहित ३ जना युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलका नगरपालिका-८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका-७ का २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का २३ वर्षीय मनिष धामी रहेका छन् ।
को १ ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ वटा बोरामा गाँजा ल्याउँदै गरेको अवस्थामा पिकअपसहित उनीहरूलाई पक्राउ गरेको छन् ।
पक्राउ परेका युवकहरुको साथबाट गाँजासहित ६३ हजार २५ रुपैँया र ४ थान मोबाइल सेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।