अकबर अलि
दुहबी,। सुनसरीमा एक महिनाको अवधिमा कुखुराको मासु प्रतिकिलोे सय रुपैयाँ भन्दा बढीले बृद्धि भएको छ । गत पुस १ गते प्रतिकिलो २०० मा पाईने कुखुराको मुल्य यतिबेला प्रतिकिलो ४ सय रुपैयामा कारोबार भईरहेको छ ।
कुखुरा उद्योगीहरुले सस्तो मुल्यमा मासु बेच्नुपरेको भन्दै पुसमा गरेको १० दिने आन्दोलनले गर्दा मासुको मुल्य बढेको हो। उद्योगीहरुले मासुले बजार नपाएको भन्दै दश दिन सम्म कुुखुरा उत्पादन ठप्प पारेका थिए । आन्दोलन अवधिभर १५ करोडको चल्ला र ४५ करोडको अन्डा नष्ट गरिएको थियो ।
सो बिषयमा कुखरा तथा मासु व्यवसायि संघ सुनसरीका अध्यक्ष मनोज कुवर सङ्ग बुझदा उधोगहरुले दानामा मिसावट गरि गुन्स्तरिय दाना नदेको हुनाले किसानहरुको कुखुराको चल्ला मरेको कारण बजारमा कुखुराको तयारी मासु महङ्गो भएको बताउदै ।बिगतमा हेर्दा कुखुराको लागत मूल्य धेरै रहेको भन्दै उत्पादन कम हुँदा मूल्य बढ्नु स्वभाविक रहेको बताए ।
बजारमा कुखुराको तयारी मासुको मुल्य ४ सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्यमा कुखुराको मासुको कारोबार भएको दुहबीका कुखुरा व्यवसायी समिर मियाँले बताए उन्का अनुसार मासुको मुल्य बढेपछि किसानहरुले पनि मन्मानि तरिकाले आफुहरु सङ्ग महगो मुल्यमा कुखुरा बिक्री गरेको हुनाले तयारी मासुको मुल्य बढाउनु परेको उनको भनाइ छ ।
यसरी कुखुरा मह्ङ्गो भएको बाहानामा कुखुरा व्यवसायीहरु खुल्ला सीमानाबाट कुखुरा ओसारपसार गर्दै यहाँका किसानलाई फेरि पुरानो अवस्थामा फर्काउने अवस्थामा लागेको किसानहरु चिन्ता बेक्त गरे ।
कुखुराको मासुकै हाराहारीमा अन्डाको मूल्य पनि बढेको छ । पुष १ गते २ सय प्रति क्रेटमा बिक्री भएको अन्डा २० दिनपछि ३४० पुगेको छ । व्यवसायीहरुको सिन्डिकेटले चल्ला र अन्डा नष्ट गरी मुल्य बढाएपछि आम उपभोक्ता मारमा परेका छन् ।
यता, एक किसानका अनुसार दानाको मूल्य बढ्दा उत्पादन लागत नउठेको भन्दै किसानले चल्ला नराख्दा भाउ बढेकोे बताएका छन। भने उता कुखुरा उद्योगी भन्छन १० दिन चल्ला उत्पादन र अण्डा नष्ट गरेकै कारण मूल्य नबढेको जिकिर गर्छन् । यसरी अस्वभाविक रुपमा कुखुराको मूुल्य बढ्दा अनुगमन गर्ने निकाय बाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले रमिता हेरेर बसेको छ ।
विभागले समयमै पोल्ट्री क्षेत्रका व्यवसायीलाइ बोलाएर छलफल गरी समस्याको समाधान गर्न उचित कदम चाल्न आवश्यक हुनुपर्ने जानकारहरु बताउ छन