नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं.२ भुटाहामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन प्रमुख अतिथी सुनसरी निर्वाचन क्षेत्र नं.४ ख का १ नम्बर प्रदेश सांसद हाजि ताहिर अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा गरेको थिए।
सभाका विशेष अथिति एवम् गाउँपालिका अध्यक्ष गफार अन्सारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए।
उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्नेआवश्यकता रहेको पनि विचार व्यक्त गरे।

संस्थाका अध्यक्ष मोजमिल हकको सभापतित्वमा सम्पन्न सभामा संस्थाका सदस्य विनोद शर्माले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७५ ०७६ मा १ करोड ६८ लाख ४२ हजार रुपैंया शेयर पूँजी तथा ९ करोड ९८ लाख ७६ हजार ३ सय ७१ रुपैंया बचत संकलन गरेको जानकारी दिए।
त्यसैगरी १० करोड ४३ लाख ३२ हजार २ सय ३४ रुपैंया कर्जा लगानी गरी संस्थाले ३१ लाख ७८ हजार २ सय ७७ रुपैंया मुनाफा आम्दानी गरेको जानकारी दिए।
संस्थाले यस अर्थिक वर्षमा १२ करोड २२ लाख ४० हजार ४ सय ८० रुपैंयाको कूल कारोवार गरेको जनाएको छ ।

सधारण सभाको अवसरमा संस्थाले ६ वर्ष देखि निरन्तर सेवा अवधी पुगेका कर्मचारी वसिक आलम र संस्था संचालन रहेका घरका घरधनी सेराज फलाहीलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेश सांसद हाजि ताहिर अन्सारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
