जयकृष्ण यादव
इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवामा सुरक्षामा खटिएका प्रहरीलाई लकडाउन कार्यान्वयनमा योगदान गरेको भन्दै इनरुवाका कुम्भकार पण्डीत युवाहरुले पानी र च्याउच्याउ वितरण गरेको छ ।
प्रहरीहरुलाई कार्य स्थलमै युवाहरुले पानी र च्याउच्याउ वितरण गरेको युवा धुब्र पण्डीतले जानकारी दिनुभयो । इनरुवाका ७० सुरक्षाकर्मीलाई एक एक बोतल पानी र एक एक प्याकेट च्याउच्याउ वितरण गरेको पण्डीतले बताउनुभयो ।

उता दोस्रो दिन पनि नवयुग दूध संकलन तथा वितरण केन्द्रले इनरुवाको विभिन्न वडाका ५० जना विपन्न परिवारका बालबालिकालाई आधा लिटरको दरले निशुल्क दूध वितरण गरेकोे छ ।
दूध सकंलन गर्ने ७ केन्द्रमा किसानको आग्रहमा सामाजिक उतरदायित्व अन्तरगत लकडाउन अवधिभर प्रति परिवारका बालबालिकाहरुलाई आधा लिटरको दरले दूध वितरण गर्ने संचालक गोविन्द पोखरेलले जानकारी दिनुभयो ।