अकवर अलि
दुहबी,। सुनसरीको दुहबी नगरपालिका वडा नं। ३ ले वडाका गरिव,दलित,बिपन्न तथा मुसहर बस्तीका ४ सय घर परिवारलाई राहत बितरण गरेको छ ।
मुसहर बस्ती लगायत प्रत्येक घर परिवारलाई १० केजी चामल, दाल, नुन, खाने तेल, साबुन यति अत्यावश्यक सामाग्री बितरण गरिएको वडाअध्यक्ष माधव भण्डारीले बताए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले पछिल्लो ८ दिनको लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्येनजर गर्दै राहत वितरण गरिएको भन्दै अपुग भएमा अरु १ सय घर परिवारलाई राहत वितरण गर्ने वडाअध्यक्ष भण्डारीले बताए ।
राहत सामाग्री लिएर दुहबी ३ का वडासदस्यहरु मैना राई,सिसुवा सरदार,मिनबहादुर मगर,जिबन लुइँटेल,प्रहरी,स्थानीय युवाहरु लगायत पुगेका थिए।
राहत नपाएको भन्दै हिजो मात्र स्थानीयहरु दुहबी ३ का वडाअध्यक्षको घर अगाडि धर्नामा बसेको विभिन्न संचार माध्यममा समाचार आएपछि सोको प्रभाव भएको स्थानीयहरु बताउछन ।