अकवर अलि
दुहबी,। सुनसरीको दुहबी नगरपालिकाले नगरबासीलाइ मात्र राहत बाढ्ने भए पछि बिवाद भएको हो छ । दुहबी वडा नम्बर ८ भाडामा बस्ने पाँच सय परिवारलाई राहत नदिएपछि भाडामा बस्ने व्यक्तिहरुले वडामा राहत वितरण अवरोध गरेको छ।
दुहबी ८ नम्बर वडामा २० वर्ष देखि भाडामा बस्दै आएकि कोपिला खडका अनुसार दुहबी नगर पालिकाले भाडामा बस्नेहरुलाई सरकारी राहत नदिने निर्णय गरेर आफुहरु माथि नगरपालिका अन्नाई गरेको बताए । उहाँका अनुसार आफुहरुको कति दिनदेखि चुलो समेत नबलेको र आफू लगायत छोराछोरी भोकभोकै बस्नु परेको दुस्खय पोखिन।

अर्का भाडामा बस्ने देबेन्द्र बिक भन्छन दुहबी नगरपालिकाले बाहिरको नागरिकहो भन्दै हामीलाई बिवेध गरेको गुनासो गरे। उनका अनुसार नगरले हामिलाई राहत नदिए केही दुख छैन तर हामि भाडामा बस्ने नागरिकहरुलाई हाम्रो घरसम्म रासन पानी पुराउने बातावरण मिलाईदिन समेत माग गरेका छन ।
सो राहत बिषयमा दुहबी ८ का वडा अध्यक्ष तारिक चन्द सरदार सङ्ग बुझदा दुहबी नगरपालिका बाटनै भाडामा बस्ने नागरिकहरुलाई राहत नदिने निर्णय भएकोमा आफु भाध्य भएर दिन नसकेकोमा दुस्ख प्रकट गरे ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लम्ब्याए पछि दुहबी नगरपालिकाले १ करोडको राहतको घोषणा गरेका थिए । दुहबीका सम्पुर्ण जनप्रतीनिधीले चैत्र महिनाको सम्पुर्ण सरकारी सुबिधा राहत कोषमा दिने समेत निर्णय गरिएको थियो।
