डुमरलाल मेहता
देवानगञ्ज,। सुनसरीको देवानगञ्ज गाउँपालिकाले राहतको लागि राहत कोष स्थापना गरेको छ । कोरोना भाईरसको महामारी रोकथामको बेलामा जनसमुदायले घरबाट बहिर ननिस्कन भने पछि दलित गरिब परिवारलाई हातमुख जोड्न समस्या भएको छ।
समस्याको बेलामा देवानगञ्ज गाउँपालिकाले सो कुरा ध्यानमा राखी सोमबार बसेको गाउँपालिका बैठकमा ७० लाखको राहत कोष स्थापना गरेको गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृत त्रिलोचन न्योप्याने बताउनुभयो ।
जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा र कर्मचारीहरुको १ महिना तलबको २८ प्रतिशत राहतकोषमा जम्मा गरिएको गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहता बताउनुभयो ।
विपन्न तथा गरिब परिवारलाई १५ किलो चामल,१ किलो दाल , १ किलो नुन ,१ लिटर खाने तेल राहत समानहरु दिनेभएको देवानगञ्ज गाउँपालिकाको अध्यक्ष मेहताले जनकारी दिनुभयो । उहाँले गाउँपालिका सबै गाउँबासीहरुको दुखसुखमा म तयार रहेको बताउनुभयो ।
गरिब दलित विपन्न जनमजदुर गरी खानेलाई हातमुख जोड्न समस्या हुनेहरुको ५ दिन भित्र डाटा लिई राहत दिन्छु । हामीले सोही डाटा अनुसार राहत वितरण गर्ने बताउनुभयो ।
