डुमरलाल मेहता
देवानगञ्ज,। सुनसरीको देवानगञ्ज गाउँपालिकामा सहरा बचत तथा ऋण सहकारी संस्थाले देवानगञ्ज गाउपालिकालाई राहत उपलब्ध गराएको छ।
कोरोना भाइरस ९कोभिड १९० को संक्रमणलाई नियन्त्रण गर्न सरकारले दुईसाता अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई हातमुख जोर्ने समस्या भएकाले राहत उपलब्ध गराएको सहकारी संस्थाको शाखा प्रमुख अम्बिका सरन बताए।
संस्थाले २ सय केजी चामल ३० केजी दाल २४ लिटर खाने तेल , ५० प्याकेट आयोडिन यूक्त नुन गाउपालिकाको अध्यक्ष लालीप्रसाद मेहतालाई प्रदान गरिएको संस्थाले जनकारी दिनुभयो ।
