अकवर अलि
दुहबी,। सुनसरीको दुहबी नगरपालिकाले आज सर्बदलिय बैठक बोलाइ छलफल गरि निर्णयहरु सार्बजनिक गरेको हो ।
दुहबी नगरपलिकाको राहत कोषमा अहिलेसम्म दुहबी नगरपालिकाबाट १ करोड १४ लाख र विभिन्न दाताहरुबाट ११ लाख ८७ हजार गरि १ करोड २५ लाख बढी रकम संकलन भएकोमा १ करोड १५ लाख ९३ हजार खाधान्न लगायतमा खर्च भएको दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपानेने जानकारी दिएका छन ।
दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले दुहबी नगरपालिकाको १२ ओटै वडाबाट ८ हजार ७ सय ७३ जनालाई राहत वितरण गरिएको जानकारी दिदै आगामी दिनहरुमा छुटेका सम्पुर्ण असंगठित मजदुरहरु,बिपन्न बर्गकाहरु र भाडामा बस्नेहरुको लगत संकलन गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएका छन् ।
नगर प्रमुख गच्छदारले प्रदेश सरकार र संघीय सरकारसँग राहतको लागि सहयोग माग गर्ने समेत निर्णय भएको बताउदै संघ र प्रदेशका सांसदहरुले २०७७र०७८ को सांसद बिकास कोषबाट कोरोना राहत कोषमा रकम जम्मा गराउन अनुरोध गर्ने समेत निर्णय भएको बताए।
बैठकमा दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपाने,बाताबरण शाखाका बिमलनारायण चौधरी,सूचना शाखाका युबराज चौधरी, प्राबिधिक शाखाका इन्जिनियरहरु हेमनारायण चौधरी, अबिनास गोस्वामीले १५ दिनको तलब राहत कोषमा दिने घोषणा गरेका थिए ।
नेपाल सरकारले थोरै रकम मात्रै सरकारी कर्मचारीले जम्मा गराउने निर्णय गराएपनि दुहबी नगरपालिकाका यी ५ जना कर्मचारीले गरेको कार्य बास्तबमै सरहनिय भएको सहभागीहरुले बताएका छन्।
राहत कोषमा यसअघि दुहबी नगर प्रमुख सहित दुहबीका सम्पुर्ण जनप्रतीनिधीहरुले चैत महिनाको तलब सहित सम्पुर्ण सुबिधा राहत कोषमा दिने निर्णय गरेको थियो ।