अकवर अलि
दुहबी,। सुनसरीको दुहबी नगरपालिका- ७ स्थित भलुवा र फर्साही गाउँमा राहत वितरणमा कटोति गरेपछि स्थानीयवासीहरु आक्रोशित भएका छन।
राहत वितरणमा दुहबी नगरपालिकाबाट प्रत्येक घरको परिवार संख्या ३ भन्दा बढिले २० केजि चामल २ केजि दाल २ केजि नुन १ लिटर खाने तेल र एक केजि सोयाबिन दिने भनिए पनि भलुवा र फर्साहि गाउँकाहरुले दाल र नुन एक केजि मात्र पाएको भन्दै आक्रोश पोखेका
छन ।
स्थानीय अक्षय चौधरिका अनुसार आफुहरुलाई नुन र दालमा कटौती गरि राहत बितरण गरेको गुनासो पोखेका छन भने अर्का स्थानीय गुदावति चौधरि भन्छिन नुन र दालमा कटौती गरेपछि राहत वितरण गर्ने बेलामा आफुहरु दुहबी ७ का वडाअध्यक्ष बिजय चौधरीलाई सोधपुछ गर्दा दाल र नुन सकेकोछ कहाँबाट दिनु भनेको बताए ।
राहतको बिषयमा दुहबी ७ का वडाअध्यक्ष बिजय चौधरीसँग बुझ्दा एस्तो कार्य आफू जानीजानी नगरेको बताउदै भुलवस गल्ती भएको स्विकार्दै दुहबी नगरपालिकाले उप्लब्ध गराएपछि उनिहरुलाई थपी दिने बताए ।
दुहबी वडा नम्बर ३ भाडामा बस्नेहरुले राहत वितरणमा बिभेद गरेको गुनासो पोख्दै भन्छन आफुहरुले १० केजि चामल १ केजि दाल,आधा लिटर खाने तेल,२ सय ५० ग्राम सोयाबिन,१ केजि आलु,१ केजि नुन र साबुन मात्र पायौं ।
राहत वितरण बिषयमा दुहबी ३ का वडाअध्यक्ष माधव भण्डारीले आफ्नो वडामा डेरा गरि बस्ने २ सय जनालाई दुहबी नगरपालिकाको खर्चबाट नभई ब्यक्तीगत खर्चबाट राहत बाडेको बताए ।
वडाअध्यक्ष भण्डारीले दुहबी नगरपालिकाले घर भडामा बस्नेहरुलाइ उप्लब्ध गराउने राहतमा कुनै कटौती नगरि पुर्णरुपमा वितरण गरिने समेत जनाए ।