नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा रहेका सहरा बचत तथा ऋण सहकारी संस्था हरिनगरा शाखाले १६ बोरा चामल हरिनगर गाँउपालिकालाई राहत उपलब्ध गराएको छ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले एक महिना अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई हातमुख जोर्ने समस्या भएकाले राहत उपलब्ध गराएको सहकारी संस्थाको हरिागर शाखा प्रमुख जितेन्द्र चौधरीले बताए।

संस्थाले ४ सय केजी चामल गाँउपालिका उपाध्यक्ष रिमझिम भगतलाई हस्तान्तरण गरिएको सहरा बचत तथा ऋण सहकारी संस्था सुनसरी जिल्ला अनुगमन अधिकृ रत्न तिमल्सिनाले जनकारी दिनुभयो ।
