स्मार्ट २४ न्यूज
इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवामा बजारमा भएको आगलागी पीडितलाई उद्योग वाणिज्य संघ इनरुवाले सहयोग गरेको छ ।
वाणिज्य संघ इनरुवाले इश्वर परियार र कपिल परियारलाई सहयोग उपलब्ध गराएको हो । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह सहितको टोलीले अग्नि पीडित इश्वर परियारलाई एक थान कपडा सिलाउने मेसिन दिएको छ।

अर्को अग्नि पिडित कपिल परियारलाई नगद रु १० हजार सहयोग सोरुप दिएको हो । हनुमान वस्त्रालयमा आगलागी हुँदा छेउको घरमा रहेको टेलर्स समेत जलेको थियो ।