भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा एकै वडाका दुई नेता अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
हरिनगर गाउँपालिका वडा नम्बर १ का दुई नेताले एउटै वडाबाट गाउँपालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
हरिनगर-१ बस्ने गफार अन्सारी नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भन्ने त्यहीँ ठाउँ बस्ने लस्करी अन्सारी नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
दुवै जना एउटै वडावासी भएकोले चुनावी प्रतिस्पर्धा मैत्रीपूर्णा हुने धेरेको अनुमान छ । २०७४ सालको चुनावमा पनि दुवै जना उम्मेदवार रहेको थियो ।
२०७४ सालको चुनावमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका गफार अन्सारी पहिलो भएका थिए। त्यसैगरी त्यकालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार हेमनारायण मेहता दोस्रो भएको थियो भन्ने नेकपा एमालेबाट उम्मेदवार रहेका लस्करी अन्सारी तेस्रो स्थान ल्याएको थियो ।
२०७४ सालको स्थानीय चुनावमा काँग्रेसबाट गफार अन्सारी विजय भएको थियो भन्ने लस्करी अन्सारी झिनो मतले पराजित भएर तेस्रो स्थान ल्याएको थियो ।
दोस्रो स्थान ल्याएको त्यकालिन संघीय समाजवादी फोरम नेपालका उमेदवारको ठाउँमा यसपालि जनता समाजवादीबाट धर्मविर आर्य चुनावी प्रतिस्पर्धा रहेका छन् ।