भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-२ बाट तुफेल अहमद अन्सारी पनि चुनावी मैदानमा उत्रिएका छन् ।
वैशाख ३० गते हुने गइरहेको स्थानीय निर्वाचनमा उनी हरिनगर गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
नेकपा (माओवादी केन्द्र) ले सर्वसम्मतबाट उनलाई वडाअध्यक्ष पदका उम्मेदवारको रुपमा अगाडि सारेको हो । माओवादी केन्द्रले वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेकोले आफु चुनावका लागि अगाडि बढी सकेको अन्सारीले बताए ।
ब्यक्तिगत रुपमा म धेरै ठाउँहरु घुमे केही हदसम्म सफलता पनि प्राप्त भयो । तर मेरो समाज अगाडि बढेन’ अन्सारीले भने, ‘समाज पछाडि भयो भने हाम्रो जति नै प्रगति भएपनि काम नहुने रहेछ ।’
बाहिर जति टिकटक भएर हिँडे पनि बुबाआमाले दुख गरेर खानुपर्छ भने त्यसको सफलताको केही अर्थ नहुने धारणा राख्ने अन्सारीले समाज र वडा निर्माणका लागि आफु वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए ।
‘म जुन वडाको उम्मेदवार बन्दैछु, त्यो गाउँपालिका भएपनि भौगोलिक विकटता छ । ती पछि परेका नागरिकलाई आफ्नो हक अधिकारको लागि बोल्नसक्ने बनाउने र जति पनि बाँच्नका लागि आवश्यक चिज छन् । ती सहज र सहल रुपमा उपलब्ध गराउने मेरो अर्को उद्देश्य हो।
अन्सारीले थपे, ‘गाउँपालिकाको विकास, कृषि उत्पादनमा जोड, खानेपानीको ब्यवस्थापन, मोटरबाटो, शिक्षा लगायत काम गर्छु ।
यस अगाडि पटक-पटक जितेर जाने जनताको काम गर्न नसकेकाले बालकदेखि बृद्धसम्मको वडा भेलाले आफुलाई उम्मेदवारको रुपमा अगाडि सारेको अन्सारीको भनाई रहेको छ ।
पछिल्लो समय उनी व्यवसायसँगै राजनीतिमा पनि आवद्ध रहेका छन् । आफुले वडाअध्यक्ष जिते सरकारबाट पाउने सेवा सुविधा समेत जनतामा समर्पित गर्ने अन्सारीले प्रतिबद्धता ब्यक्त गरे ।